• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख -४(तालिका सहित)


    बैशाख ४ गते ।बिहिबार।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २० लाख ८० हजार पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २० लाख ८१ हजार ७७० पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ३४ हजार ५ सय ८ पुगेको छ ।
    अमेरिका

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । मंगलबार एकै दिन २ हजार ४ सय ७९ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २८ हजार ५ सय पुगेको हो ।

    एकै दिन अमेरिकामा ३० हजार १ सय ७८ जना यस भाइरसबाट संक्रमित भएका छन् । बिहिबार बिहान सम्म ६ लाख ४४ हजार ६१ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या २८ हजार ५ सय २६ पुगेको छ ।

    फ्रान्स

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजो बुधबार एक्कासी बढेको छ। मंगलबार ७ सय ६२ जनाको मृत्यु भएकोमा बुधबार १ हजार ४ सय ३८जनाको ज्यान गएको हो ।
    फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार १ सय ६७ पुगेको हो । विगत २४ घण्टामा थप मृत्यु भएपछि फ्रान्समा थप ४ हजार ५ सय ६०जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४७ हजार ८६३ जनासंक्रमित भएका छन् ।


    युके
    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मृत्यु हुनेको संख्या करिब १३ हजार पुगेको छ । बुधबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १२ हजार ८ सय ६८ जना पुगेको छ । बुधबार युकेमा थप ७ सय ६१ जनाको मृत्यु भएको छ । हाल सम्म युकेमा एकै दिन ४ हजार ६ सय ३ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ९८ हजार ४ सय ७६ पुगेको छ ।
    इटली
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा बुधबार थप ५ सय ७८ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ६२ हजार ४८८ कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । बुधबार एकै दिन २ हजार ६ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
    स्पेन
    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ५ सय २३ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार बुधबार सम्म स्पेनमा १८ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । बुधबार स्पेनमा थप ४ हजार ९ सय ७८ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ७७ हजार ६३३ जना संक्रिमत भइसकेका छन् ।
    नेदरल्याण्ड
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस ९कोभिड(१९० का कारण नेदरल्याण्डमा बुधबार थप १८९ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा २८ हजार १५३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार १ सय ३४ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
    बेल्जियम
    कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिन थप २ सय ८३ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या २ हजार ४ सय ५४ पुगेको छ । यस्तै मंगलबार ५ सय ३० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३३ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
    स्विडेन
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड(१९ का कारण स्विडेनमा बुधबार थप १ सय ७० जनाको मृत्यु भएको छ। यो बुधबार तयार पार्दा सम्म स्विडेनमा ११ हजार ९ सय २७ कुल सङ्क्रमित भएका छन् भने, १ हजार २ सय ३ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
    इरान
    इरानमा पछिल्लो दुई दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७६ हजार ३ सय ८९ रहेको छ । बुधवार सम्म इरानमा ४ हजार ७ सय ७७ जना को मृत्यु भइसकेको छ । इरानमा हाल सम्म ४९ हजार ९ सय ३३ जना बिरामी निको भइसकेका छन् । यसरी हेर्दा इरानमा २६ हजार सङ्क्रमित उपचारत छन् ।

    भारत

    भारतमा १२ हजार ३ सय २२ जनामा कोरोनाले संक्रमण फैलाएको छ । भारतमै यस भाइरसका कारण ४ सय ५ जनाले ज्यान गुमाएका छन् । १ हजार ४ सय ३२ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस