• जीवनशैली | Jiwanshaili
  • युकेमा शनिबार थप ८ सय ८८ जनाको मृत्यु


    बैशाख ६, २०७७।शनिबार।

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शनिबार थप ८ सय ८८ जनाको मृत्यु भएको छ । युकेमा शनिबार एकै दिन ५ हजार ५ सय २५ जना संक्रमित भएका छन् ।

    यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २ सय १७ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १५ हजार ४ सय ६४ पुगेको छ । शनिबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १५ हजार ४ सय ६४ जना पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस