• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख ७ (तालिका सहित)


    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २३ लाख २९ हजार पुगेको छ । आइतबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २३ लाख २९ हजार ३० पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ६० हजार ५ सय ४२ पुगेको छ ।

    बैशाख ७ गते ।आइतबार।

    अमेरिका

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । शनिबार एकै दिन १ हजार ८ सय २० जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ३८ हजार ९ सय पुगेको हो ।एकै दिन अमेरिकामा २८ हजार १ सय ८६ जना यस भाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहान सम्म ७ लाख ३७ हजार ९ सय २१ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या ३८ हजार ९ सय ७४ पुगेको छ ।

    फ्रान्स

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा शनिबार कमि आएको छ। शुक्रबार ७ सय ६१ जनाको ज्यान गएकोमा शनिबार थप ६ सय ४२ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार थप ८ सय ८८ जनाको मृत्यु भएको छ । युकेमा शनिबार एकै दिन ५ हजार ५ सय २५ जना संक्रमित भएका छन् । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १९ हजार ३ सय २३ पुगेको छ । विगत २४ घण्टामा फ्रान्समा थप ३ हजार ८ सय २४ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५१ हजार ७ सय ९३ जना संक्रमित भएका छन् ।

    युके

    यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २ सय १७ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १५ हजार ४ सय ६४ पुगेको छ । शनिबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १५ हजार ४ सय ६४ जना पुगेको छ ।

    बेल्जियम
    कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिन थप २ सय ९० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ५३ पुगेको छ । यस्तै शनिबार १ हजार ४५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३७ हजार १ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    स्पेन

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार पुगेको छ । शनिबार थप ५सय ६५ जनाको मृत्यु भएपछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० हजार ४३ पुगेको हो । शनिबार स्पेनमा थप ४ हजार ४ सय ९९ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ९१ हजार ७ सय २६ जना संक्रिमत भइसकेका छन् । समाचार तयार पार्दा सम्म ७४ हजार ६सय ६२ जना विरामी निको भइसकेका छन्।

    इटली

    कोभिड १९ का कारण इटलीमा शनिबार थप ४ सय ८२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ७५ हजार ९२५ कुल सङ्क्रमित भएका छन् भने, २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ३ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    इरान
    कोरोना भाइरसका कारण इरानमा ज्यान गुमाउनेको संख्या ५ हजार पुगेको छ । शनिबार थप ७३ जनाको मृत्यु भएपछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ३१ पुगेको हो ।
    यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ तथा शुक्रबार ८९ जनाको मृत्यु भएको शनिबार ७३ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    ब्राजिल

    कोरोना महामारीको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मृत्यु हुनेको संख्या बढेको छ। शनिबार २ सय २० जनाको मृत्यु भएको छ ।ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २ हजार ३ सय ६१ पुगेको छ ।विगत २४ घण्टामा ब्राजिलमा थप ३ हजार ४० जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट ब्राजिलमा ३६ हजार ७ सय २२ जना संक्रमित भएका छन् ।

    नेपाल
    नेपालमा थप एकमा कोभिड १९ ९कोरोना भाइरस० संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन । शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस