• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख ८ (तालिका सहित)


    बैशाख ८ गते । सोमबार ।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २४ लाख पुगेको छ । साेमबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २४ लाख ४ हजार ३ सय २५ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ६४ हजार ९ सय ३० पुगेको छ ।

    अमेरिका

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । आइतबार एकै दिन १ हजार ५ सय १८ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४० हजार ५ सय ३२ पुगेको हो ।एकै दिन अमेरिकामा २५ हजार २ सय ६१ जना यस भाइरसबाट संक्रमित भएका छन् । सोमबार बिहान सम्म ७ लाख ६४ हजार ५३ कुल सङ्क्रमित भएका छन्।

    युके
    कोरोना भाइरसबाट युकेमा आइतबार थप ५ सय ९६ जनाको मृत्यु भएको छ । युकेमा आइतबार एकै दिन ५ हजार ८ सय ५० जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २० हजार ६७ पुगेको छ । आइतबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १६ हजार ६० पुगेको छ।
    स्पेन

    कोभिड १९ बाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार नाघेको को छ । आइतबार थप ४ सय १० जनाको मृत्यु भएपछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० हजार ४ सय ५ ३ पुगेको हो । शनिबार स्पेनमा थप ४ हजार २ सय १९ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ९५ हजार ९ सय ४४ जना संक्रिमत भइसकेका छन् ।

    इटली

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा आइतबार थप ४ सय ३३ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ७८ हजार ९७२ कुल सङ्क्रमित भएका छन् भने, २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ३ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    फ्रान्स

    फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १९ हजार ७ सय १८ पुगेको छ ।विगत २४ घण्टामा फ्रान्समा थप १ हजार १ सय १ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या आइतबार पनि कमि आएको छ। शनिबार ६ सय ४२ जनाको ज्यान गएकोमा आइतबार थप ३ सय ९५ जनाको मृत्यु भएको छ । यस भाइरसबाट फ्रान्समा १ लाख ५२ हजार ८ सय ५४ जना संक्रमित भएका छन् ।

    बेल्जियम
    कोरोना भाइरसबाट बेल्जियममा आइतबार एकै दिन थप २ सय ३० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८३ पुगेको छ । यस्तै आइतबार १ हजार ३ सय १३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३८ हजार ४ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरान

    कोरोना भाइरसका कारण इरानमा आइतबार थप ८७ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार १ सय १८ पुगेको हो ।
    यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ तथा शुक्रबार ८९ जनाको मृत्यु भएको शनिबार ७३ जनाको मृत्यु भएको र आइतबार ८७ जनाको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    टर्की

    कोरोना भाइरसका कारण टर्कीमा आइतबार एकै दिन थप १ सय २७ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म टर्कीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ ।
    टर्कीमा हिजो ३ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।हाल सम्म् टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ३ सय ६ पुगेको छ ।

    भारत

    भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । भारत पूर्ण रुपमा लकडाउन रहेको छ ।१७ हजार ६ सय १५ जनामा कोरोनाको संक्रमण रहेको छ । यस भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ ।२ हजार ८ सय ५४ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । 

    नेपाल

    कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताउनुभयो । ती सङ्क्रमितको पनि पिसिआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएकोे हो ।

    शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड सङ्क्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो । शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड सङ्क्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किनुभएको थियो ।

    यसै गरी काेराेना भाइरसका कारण हिजाे जर्मनीमा १०४ जनाकाे ज्यान गएकाे छ भने ब्राजिलमा १०१ जना, क्यानडामा ११७ जना र मेक्सीकाेमा १०४ जनाकाे ज्यान गएकाे छ ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४ लाख संक्रमित भइसकेका छन भने १ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस