लकडाउनकाे दिनचर्याले निम्त्याउन सक्छ स्वास्थ्यमा यस्ताे गम्भिर समस्या

बैशाख ८ गते । सोमबार ।
संसार भर अहिले कोरोना भाइरसकाे महामारीकाे प्रकाेप फैलिएकाे छ । संसारका २५ प्रतिशत मानीसहरू लकडाउनमा रहेकाछन् । जसका कारण धेरै देशका मानिस नचाहँदा नचाहँदै पनि आफ्नै घर भित्र बस्न बाध्य भएका छन्। आफ्नै घर भित्र कैदीको जस्तो जीवन यापन गर्नु अहिले मानिसको चाहाना हैन तर घर भित्र बस्नु आफ्नो परिवारको साथसाथै समाज एवं देशको लागी मानिसले गर्न सक्ने सबैभन्दा ठुलो योगदान हो।

प्राय मानिसहरू अहिले काहीँ काममा जानु छैन, दिनभर घरमै बस्ने नै त हो बिहान अबेर सम्म सुतौँला अथवा दिउँसो सुतौँला भनेर राती अबेर सम्म फेसबुक, इस्टाग्राम, यूटुव, चलाएर अथवा टिभी हेरेर बस्ने गरेको देखिन्छ। साथै कुनै चाडपर्व नै आए जसरी विभिन्न तेलमा तारेका परीकार, जंकफुड धेरै मात्रामा खाएको पाइन्छ। घर भित्रै बसेर हामी कोरोनाको सक्रंमण वाट त बचौँला तर हाम्रो यस्तो बानीले हाम्रो शरीरमा अन्य रोग लाग्ने सम्भावना भने बढेर जान्छ।
मोटोपना (Obesity) , उच्चरक्तचाप Hypertension हृदय रोग (Heart Disease) , मधुमेह (Diabetes), , मानसिक तनाव (Mental Stress) , शिःरशूल (Mental Stress) , आदि रोगहरू हाम्रो दिनचर्या एवं खानपान को गडबडी को कारण लाग्छ भन्ने कुरा विभिन्न अनुसन्धान वाट प्रमाणित भइसकेको छ। हामी चाहन्छौँ जीवन भरी निरोगी भई लामो आयु बाँच्न पाइयोस्। यसका लागी चाहेर र कामना गरेर मात्रै हुँदैन, अनुशासित दिनचर्या अपनाउनु जरुरी हुन्छ।
घर भित्रै बसेर हामी कोरोनाको सक्रंमण वाट त बचौँला तर हाम्रो यस्तो बानीले हाम्रो शरीरमा अन्य रोग लाग्ने सम्भावना भने बढेर जान्छ।
आफ्नै घर भित्र बस्दा हामीले स्वस्थ रहन का लागी के के गर्न सक्छौ त रु यसको सबैभन्दा वैज्ञानिक र सरल वर्णन पूर्वीय सभ्यतामा पाइन्छ। पश्चिमी सभ्यतालाई आत्मसाथ गर्दा गर्दै हामीले आफ्नै संस्कृति संस्कार बिर्सिसकेका छौ भने हाम्रो बालबच्चालाई त यो दन्ते कथा जस्तो भई सकेको छ।
लुप्त अवस्थामा रहेको यो विज्ञान हामी सबैले आफ्नो दैनिकीमा समावेश गर्ने उत्तम समय यही हो। यस समयमा शरीर र मस्तिष्क स्वस्थ राख्न एवं भविष्यमा अरू रोग लाग्नबाट बच्नको लागि केही महत्त्वपूर्ण उपायहरू जान्नु र आफ्नो दिनचर्यामा आत्मसाथ गर्नु अति आवश्यक छ।
ब्राह्ममुहूत्र्तमा उठ्ने
बिहानको ४ बजे देखि ६ बजे को समयलाई ब्राह्ममुहूत्र्त भनिन्छ। यसलाई ज्ञानको अध्ययन को लागि एवं ईश्वर को स्मरण कोलागि योग्य समय मानिएको छ। प्रातः काललाई अमृत समय भनिएको छ। प्रकृतिको पञ्चामृत अर्थात् शुद्ध वायु, शुद्ध जल, शुद्ध भूमि, विपुल प्रकाश एवं विपुल आकाश प्रातः काल को स्वच्छ एवं प्रदूषणरहित अवस्थामा मिल्दछ।
त्यसैले राति समयमा नै सुतेर प्रातः कालमा उठ्ने बानि वसालौ। प्रातः कालमा उठ्ने हो भने अर्जीण (Indigestion) , विबन्ध (Constipation) , आलस्ययता (Lethargy), आदि समस्याहरू वाट बच्न सकिन्छ। आयुर्वेदको प्राचीन ग्रन्थ अथर्ववेदमा भनिएको छ कि बिहानको सूर्यको रश्मिले विभिन्न रोगहरू नष्ट गर्न सक्दछ। आधुनिक वैज्ञानिकहरूले पनि पुष्टि गरी सकेका छन् कि बिहानको सूर्यको प्रकाशमा भिटामिन डी आदि मिल्दछ।
त्यसैले राति समयमा नै सुतेर प्रातः कालमा उठ्ने बानि वसालौ।
पिउने पानी
सामान्यतया स्वस्थ मानिसले बिहान १ गिलास मनतातो पानी पिउने गर्नु पर्दछ। बिहानमा एकै पटक धेरै पानी पिउन हुँदैन किनकि धेरै पानी पिउनाले मन्दाग्नि हुन्छ जसका कारण भोक लाग्दैन र खानाको पाचन राम्रो सँग हुन सक्दैन। सधैँ बसेर मात्र पानी पिउने गर्नु पर्छ। उठेर पानी पिउँदा भविष्यमा हड्डी सम्बन्धी रोग लाग्न सक्दछ।
अहिलेको अवस्थामा सामान्यतया सकिन्छ भने दिनभरि नै तातो पानी पिउँदा राम्रो हुन्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन को लागि गुर्जो अथवा तुलसी पत्र अथवा शुण्ठि मिसाई उमालेको (साधित) पानी पिउनु एकदमै हितकारी हुन्छ।
व्यायाम
जुन क्रियाले शरीरमा आयास अर्थात् थकावट उत्पन्न हुन्छ त्यसलाई व्यायाम भनिन्छ। नियमित व्यायाम गर्नाले शरीरमा हल्कापन एवं पाचन शक्ति बढ्दछ। पहिले सामान्य अवस्थामा त हामी जिम हलमा गएर, बिहान बिहान दौडेर अथवा हिँडेर, योगा गरेर व्यायाम गर्ने गर्दथ्यौ तर अहिलेको अवस्थामा बाहिर जान सकिँदैन, त्यसैले घर भित्र वा घरको छतमा नै बसेर योग आसन, प्राणायाम, ध्यान आदि गर्नु उपयुक्त हुन्छ।
दालचिनी, ल्वाँगं, सुकुमेल, अदुवा, मरीच, तुलसिपत्र आदि राखेर कालो चिया पिउने वानि बसाल्नु स्वास्थ्यको लागी फाइदा हुन्छ ।
स्नान
व्यायाम गरेर सकेपछि सफा पानीले स्नान गर्नुपर्दछ । आयुर्वेद अनुशार कम्मर भन्दा तल तातो पानीले नुहाउनाले शरीरमा बल बढ्दछ, तर यदि तातो पानीले शिर नुहाएमा कपाल एवं नेत्रको बलको नाश गर्दछ ।त्यसैले शरीर तातो पानीले र शिर चिसो पानीले नुहाउनु हितकारी हुन्छ। नियमित स्नान गर्नाले थकान, दाहा(शरीर पोल्ने), तन्द्रा, कुण्ड(शरीर चिलाउने) आदि रोग नष्ट हुन्छ, साथै रोग प्रतिरोधात्मक क्षमता, बल, आयु, जठराग्नि (पाचन शक्ति) लाई बढाउँछ।
चिया
अहिलेका धेरै मानिसलाई चिया पिउने आदत लागेको छ। सकेसम्म दूध चिया पिउन हुँदैन, यसले पेट सम्बन्धी रोग लाग्दछ । दालचिनी, ल्वाँगं, सुकुमेल, अदुवा, मरीच, तुलसिपत्र आदि राखेर कालो चिया पिउने वानि बसाल्नु स्वास्थ्यको लागी फाइदा हुन्छ।
भोजन
हाम्रो शरीरको बल, वर्ण, अग्नि सबै हामीले खाने आहारमा निर्भर हुन्छ। आयुर्वेद अनुशार सामान्यतया स्वस्थ व्यक्तिले स्निग्ध, लघु(सुपाच्य आहार) एवं उष्ण आहार को सेवन गर्नु पर्दछ। यस्तो आहारले जठराग्निलाई(पाचन शक्ति)प्रदिप्त गर्दछ, बल बढाउँछ, वर्ण राम्रो बनाउँछ, मनलाई प्रसन्न गर्दछ साथै वायुको अनुलोमन गर्दछ। भोजन सेवन गर्दा बिस्तारै बिस्तारै, छिटो छिटो, गफ गर्दै, मोबाइल चलाउँदै, टिभी हेर्दै, हाँस्दै सेवन गर्नु हुँदैन। एकाग्र चित्त भएर आफ्नो पाचन शक्तिको विचार गरेर भोजन सेवन गर्नु पर्दछ।
भोजन
आयुर्वेद अनुसार भोजन आमाशयको दुई भाग पूर्ण हुने गरी सेवन गर्नु पर्दछ, तृतीय भाग जल पदार्थ को लागि र चतुर्थ भाग वायुको सञ्चरणको लागी खाली राख्नु पर्दछ । यसो गर्दा खाएको खाना राम्रो सँग पच्दछ। खाना खानु भन्दा आधा घण्टा पहिले र खाना खाएको आधा घण्टासम्म पानीको सेवन गर्नु हुँदैन तर भोजनको बिच बिचमा आवश्यक पर्यो भने थोरै थोरै पिउन सकिन्छ। भोजन गरेपछि ५देखि १० मिनेट सम्म वज्रासनमा बस्नु राम्रो हुन्छ।
आयुर्वेद अनुशार स्वस्थ व्यक्तिको लागि सेवन गर्न मूगंको दाल शाली चामल, साठी चामलको भात जौ र गहुँ को रोटी परवल, मूला, फर्सी, लौका आदिको सब्जिः सागमा बेथेको साँगः फलफूलमा अनार, अमला, मुनक्काः दूधमा गाईको दूध, घ्युमा गाइको घ्यूः तेलमा तिल को तेल र नुनमा सैन्धव लवण (सिधे नुन) लाई श्रेष्ठ मानिन्छ। यी खानेकुरा विधि पूर्वक खाने हो भने शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्दछ र शरीर पनि स्वस्थ रहन्छ।
जीविकाको लागि यत्न
जीविकाको लागि यत्न आयुर्वेद अनुशार दरिद्रतायुक्त जीवनलाई निन्दित भनिएको छ, त्यसैले दिनको भोजन पश्चात् धनोपार्जन को लागि कृषि, व्यापार, पशुपालन, अथवा राज सेवा गर्ने भनिएको छ । अहिले सवै कुरा हरू बन्द छ र घर भित्रै बस्नु पर्ने बाध्यता छ। यो अवस्थामा घर भित्रै बसेर आफ्नो दिनचर्यालाई व्यवस्थित बनाउन सक्नुपर्दछ। अरू समयमा हामीहरू आ–आफ्नो कार्यमा व्यस्त हुन्छौ र हामीले आफ्नो घर परिवार लाई पर्याप्त समय दिन सकेका हुँदैनौ ।
यो समयमा पनि मोबाइलमा गेम खेलेर, फेसबुक, ट्विटर, इन्ष्टाग्राम चलाएर, टि भि मात्र हेरेर बस्नु भन्दा घर भित्रै खेल्न सकिने खेलहरू जस्तै चेस, क्यारामवोड, वाँघचाल, व्याटमिन्टन आदि बच्चाहरू सँग खेल्नु उपयुक्त हुन्छ। साथै बच्चाहरूको इच्छा अनुशार चित्र बनाउन लगाउने, गीत गाउन लगाउने, आफ्नो घरमा उपलब्ध छ भने गितार, हार्मोनियम, खैजेडी, मजुरा, सारङ्गी, सुरी आदि बजाउन सिक्ने सिकाउने गर्नु पर्दर्छ ।
स्वास्थ्यकर परिकारहरू बनाएर खाने गरौँ जस्तै, फापर, कोदो, गहुँको परीकार, भुटेको मकै, भटमास, चामलको पिठोको पुवा आदि
नेपालको इतिहास, संस्कृति विभिन्न जातजातिको भेष भूषाको बारेमा बच्चा हरूलाई सिकाउने, विभिन्न धर्म ग्रन्थहरूको अध्ययन गर्ने जस्तै भागवद् गीता, रामायण, महाभारत आदि जसको अध्ययनबाट दिमागमा सकारात्मक सोच उत्पन्न हुन्छ साथै आफ्नो धर्म संस्कृतिको बारेमा ज्ञान हुन्छ । साहित्यमा रुचि राख्ने मान्छेले विभिन्न उपन्यासहरू जस्तै मुनामदन, दोषी चस्मा, सेतो बाघ, फिरफिरे, तीन घुम्ती, पागल बस्ती, राधा आदि पढ्ने गर्नाले मानसिक तनाव पनि हुँदैन र समयको पनि राम्रो सँग सदुपयोग हुन्छ।
खाजा
खाजा अरू वेलामा अफिसको कारणले अथवा आफ्नो व्यस्तताको कारण बजारका रेडिमेड खानेकुराहरू खान हामी बाध्य थियौ। तर यो समयमा बजारका रेडिमेड परीकारहरू खान छाडौँ। आफ्नो भान्छामा स्वास्थ्यकर परिकारहरू बनाएर खाने गरौँ जस्तै, फापर, कोदो, गहुँको परीकार, भुटेको मकै, भटमास, चामलको पिठोको पुवा आदि।
अहिले हामीले बिताएको असम्यक दिनचर्याले भविष्यमा विभिन्न रोग निम्त्याउनु भन्दा सम्यक् दिनचर्या अपनाएर स्वस्थ रहनु नै बुद्धिमानी हुन्छ।
रात्रिचर्या
सायंकाल अर्थात् सूर्यास्तको केही समय पछि लघ ९हल्का सुपाच्य० भोजन गर्ने जस्तै मुंगको दालको खिचडी, दँलिया, गहुँको रोटी, आदि। खाना खाइसकेपछि ५देखि १० मिनेट सम्म वज्रासनमा बस्ने त्यसपछि सकिन्छ भने घरको छतमा भए पनि एकै छिन हिँड्ने। अव सबै घरको परिवार सँगै बसेर समसामायीक विषयमा छलफल गर्ने, समाचार सुन्ने र रात्रिमा सुत्ने वेलामा मनतातो दूधमा १ चम्चा बेसार राखेर सेवन गर्दा स्वास्थ्यको लागि फाइदा हुन्छ। रातको १० बजे सम्ममा पवित्र भएर ईश्वरलाई स्मरण गर्दै शिर पूर्व वा दक्षिण दिशा तर्फ गरेर सुत्नु राम्रो हुन्छ।
सामान्य अवस्थामा पहिले हामी कोही खाने कुराको जोहो गर्नको लागि र कोही खाएको पचाउनकोलागि दौडने गर्थौ। जसका कारण हामीले खाएको खाना राम्रो सँग पच्दथ्यो र शरीरको व्यायाम पनि सामान्य रूपमा हुन्थ्यो। अहिले हामी सबै कोरोना भाइरसको कारण गुप्त वासमा बस्न बाध्य छौ। अहिले हामीले बिताएको असम्यक दिनचर्याले भविष्यमा विभिन्न रोग निम्त्याउनु भन्दा सम्यक् दिनचर्या अपनाएर स्वस्थ रहनु नै बुद्धिमानी हुन्छ।
यस्तो दिनचर्या अहिलेकोलागि मात्र नभई पछि कोभिड–ज्ञढ माथि विजय प्राप्त गरिसकेपछि पनि अपनाउन सकिन्छ जसबाट सामान्यतया रोग लाग्न पाउँदैन र शरीर स्वस्थ रहन्छ। जुनसुकै हालतमा पनि कोरोना भाइरसलाई हराउनु नै अहिलेको मुख्य आवश्यकता हो त्यसैले आ– आफ्नो घर भित्रै सुरक्षित वसौ, स्वस्थ खानेकुरा खाऔँ र सम्यक् दिनचर्या अपनाऔँ।
लेखक राष्ट्रिय आयुर्वेद संस्थान, जयपुर, राजस्थान को कायचिकित्सा विषयमा स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस