कोरोना कहर: मानव वस्ती भएका ६ महादेशमा २५ लाख सङ्क्रमित पुगे, कुन मा कति ?

विश्वभर कोरोना महामारीबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या २५ लाख पुगेको छ । मङ्गलवार समाचार पार्दा सम्मको तथाङ्कअनुसार सङ्क्रमित हुनेहरूको सङ्ख्या २५ लाख ३ हजार ३ सय ४७ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरूको सङ्ख्या १ लाख ७१ हजार ७ सय ९६ पुगेको छ ।
युरोपमा
यस भाइरसबाट सबै भन्दा बढी युरोपमा सङ्क्रमित भएका छन् युरोपमा हाल सम्म ११ लाख २७ हजार सङ्क्रमित छन् भने हाल सम्म १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस भाइरसबाट स्पेनमा २ लाख ,इटलीमा १ लाख ८१ हजार, फ्रान्समा १ लाख ५५ हजार, जर्मनीमा १ लाख ४७ हजारमा मानीसमा संक्रमण देखिएको छ । यस्तै यु के मा १ लाख २४ हजार संक्रमित रहेका छन् । यस भाइरसबाट इटलीमा २४ हजार, स्पेनमा २१ हजार, तथा फ्रान्समा २० हजार र युकेमा १६ हजार मानीसको ज्यान गइसकेको छ ।

उत्तर अमेरिकामा
यसै गरी उत्तर अमेरिकामा यस भाइरसबाट ८ लाख ५२ हजार यस भाइरसबाट सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै सात लाख भन्दा बढी यस भाइरसबाट सङ्क्रमित भएका छन् । हाल सम्म ४५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ४२ हजारले ज्यान गुमाएका छन्।

एसियामा
यस्तै एसियामा हाल सम्म ४ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने १५ हजार व्यक्तिको मृत्यु भएको छ । यस भाइरसबाट एसियाको चीन, इरान र टर्की सबै भन्दा बढी प्रभावित बनेका छन् । टर्कीमा यस भाइरसबाट ९० हजार सङ्क्रमित छन् भने इरानमा ८४ हजार र चीनमा ८२ हजार मानिसहरू यस भाइरसबाट सङ्क्रमित भएका छन् । यस भाइरसबाट इरानमा ५ हजार २ सय, चीनमा ४ हजार ६ सय तथा टर्कीमा २ हजार १ सय जनाकाे ज्यान गएकाे छ ।

दक्षिण अमेरिकामा
यस्तै अर्को महादेशमा दक्षिण अमेरिकामा यस भाइरसबाट ८६ हजार मानिसहरू सङ्क्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुक ब्राजिल यस भाइरसबाट सबै भन्दा बढी प्रभावित भएको छ । हाल सम्म ४० हजार मानिसमा यस भाइरसको सङ्क्रमण छ भने २ हजार ५ सयले ज्यान गुमाइसकेका छन् । यस महादेशमा हाल सम्म ४ हजार मानिसको मृत्यु भइसकेको छ ।

अफ्रिकामा
यस्तै अफ्रिकामा यस भाइरसबाट २४ मानिसमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । यस महादेशमा हाल सम्म १ हजार १ सय मानिसको मृत्यु भएको छ भने इजिप्ट, दक्षिण अफ्रिका र मोरक्कोमा तीन तीन हजार मानिसमा यस भाइरसको सङ्क्रमण पाइएको छ ।

अस्ट्रेलिया तथा ओसियाना क्षेत्रमा
यस्तै अर्को महादेश अस्ट्रेलिया तथा ओसियाना क्षेत्रमा यस भाइरसबाट हाल सम्म ८ हजार जनामा सङ्क्रमण देखिएको छ भने ८४ जनाको मृत्यु भएको छ । अष्ट्रेलियमा सबै भन्दा बढी ६ हजार ६ सयमा सङ्क्रमण फैलिएको छ भने ७३ जनाको मृत्यु भएको छ ।

मानव बस्ती भएका ६ ओटै महादेशका २१० देश तथा अधीनस्थ क्षेत्रमा फैलिएको यस भाइरसबाट सारा विश्व आक्रान्त छ र यस भाइरसको युद्ध जित्न सबै राष्ट्रहरूले आआफ्नो तर्फबाट प्रयास गरिरहेको छ । नेपालमा पनि यस भाइरस नियन्त्रणका लागि थुप्रै प्रयास हरू जारी छ । पुरा देश लकडाउनमा छ भने हाल सम्म ४० जनामा कोरोना भाइरस देखिएकोमा ५ जना निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस