कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख ११ (तालिका सहित)

बैशाख ११ गते । बिहिबार ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २६ लाख ३५ हजार पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २६ लाख ३५ हजार १ सय ३१ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या बुधबार पनि उच्च संख्या रहेको छ ।हिजो बुधबार एकै दिन २ हजार ३ सय ४१ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४७ हजार ६ सय ५९ पुगेको हो ।एकै दिन अमेरिकामा २९ हजार ९ सय ७३ जना यस भाइरसबाट संक्रमित भएका छन् । बिहिबार बिहान सम्म ८ लाख ४८ हजार ७ सय १७ कुल सङ्क्रमित भएका छन्।
युकेमा
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १८ हजार १० पुगेको छ। युकेमा बुधबार थप ७ सय ६३ जनाको मृत्यु भएको छ । बुधबार एकै दिन ४ हजार ४ सय ५१ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३३ हजार ४ सय ९५ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बुधबार बढेको छ। मंगलबार ५ सय ३१ जनाको मृत्यु भएकोमा बुधबार थप ५ सय ४४ जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २१ हजार ३ सय ४० पुगेको छ ।विगत २४ घण्टामा फ्रान्समा थप १ हजार ८ सय २७ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५९ हजार ८ सय ७७ जना संक्रमित भएका छन् ।
इटलीमा
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा ज्यान गुमाउनेको संख्या २५ हजार नाघेको छ । बुधबार थप ४ सय ३७ जनाको मृत्यु भए संगै इटलीमा ज्यान गुमाउनेको संख्या २५ हजार ८५ पुगेको हो । यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ८७ हजार ३सय २७ कुल सङ्क्रमित भएका छन् । बुधबार एकै दिन ३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ४ सय ३५ जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार २ सय ११ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार ३ सय ८९ पुगेको छ । यो संगै बुधबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार ७ सय १७ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिन थप २ सय ६४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार २ सय ६२ पुगेको छ ।यस्तै संक्रमितको संख्या ४१ हजार नाघेको छ । बुधबार ९ सय ३३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४१ हजार ८ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इरानमा
कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिन थप ९४ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । बुधबार १ हजार १ सय ९४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ८५ हजार ९ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
नेपालमा थप तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे प्रयोगशालामा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरूष मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकाश देबकाेटाले बताए। संक्रमितहरू अहिले क्वारेन्टाइनमा रहेका र अस्पताल ल्याउने तयारी भइरहेकाे बताए । संक्रमितहरू सबैकाे अवस्था सामान्य रहेकाे छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा २२९ जनाको ज्यान गएको छ भने ब्राजिलमा १६५ जना, क्यानडामा १४० जना, स्विडेनमा १७२, नेदरल्याण्डमा १३८ र टर्किमा ११७ जनाको ज्यान गएको छ


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस