बेलायतमा थप ३ जना नेपालीको मृत्यु
बैशाख १२,२०७७।शुक्रबार।
कोरोना भाइरस ९कोभीड १९० बाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना युवती सहित तीन जना रहेका छन् । ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।
उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो ।
कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ । सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।
तेस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । तेस्तै बेलायतमा कोरोनाबाट १८ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस