बेलायतमा थप ३ जना नेपालीको मृत्यु

बैशाख १२,२०७७।शुक्रबार।
कोरोना भाइरस ९कोभीड १९० बाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना युवती सहित तीन जना रहेका छन् । ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।
उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो ।
कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ । सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।
तेस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । तेस्तै बेलायतमा कोरोनाबाट १८ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस