कोरोना कहरः गएकाे २४ घण्टामा कहाँ के के भए? बैशाख १३ (तालिका सहित)

बैशाख १३ गते । शनीबार ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २८ लाख २६ हजार पुगेको छ । शनिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २८लाख २६ हजार ८ सय ४७ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ९६ हजार ९ सय ८१ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन १ लाख ३ हजार ६ सय ७८ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ६ हजार भन्दा बढीकाे मृत्यु भएकाे छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ५२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५२ हजार ५२ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संख्गा वल्डवोमिटर्सका अनुसार शनिबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो । शनिबार सम्म ९ लाख २३ हजार ६ सय १२ कुल सङ्क्रमित भएका छन्।
युकेमा
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार थप ७ सय ६८ जनाको मृत्यु भएको छ । शुक्रबार एकै दिन ५ हजार ३ सय ८६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ४३ हजार ४ सय ६४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या १९ हजार ५ सय ६ पुगेको छ।
इटलीमा
कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा ज्यान गुमाउनेको संख्या २६ हजार नजिक पुगेको छ । शुक्रबार थप ४ सय २० जनाको मृत्यु भए संगै इटलीमा ज्यान गुमाउनेको संख्या २५ हजार ९ सय ६९ पुगेको हो । यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ९२ हजार ९ सय ९४ कुल सङ्क्रमित भएका छन् । शुक्रबार एकै दिन ३ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार घटेको छ। बिहिबार ५ सय १६ जनाको मृत्यु भएकोमा शुक्रबार थप ३ सय ८९ जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २२ हजार २ सय ४५ पुगेको छ ।विगत २४ घण्टामा फ्रान्समा थप १ हजार ६ सय ४५ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित भएका छन् ।
स्पेनमा
स्पेनमा शुक्रबार थप ३ सय ६७ जनाको मृत्यु भएको छ । यस्तै थप ६ हजार ७ सय ४० जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १९ हजार ७ सय ६४ पुगेको छ । यो संगै शुक्रबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार ५ सय २४ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा शुक्रबार एकै दिन थप १ सय ८९ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार ६ सय ७९ पुगेको छ । यस्तै संक्रमितको संख्या ४४ हजार नाघेको छ । शुक्रबार १ हजार ४ सय ९६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । बेल्जियममा हाल सम्म ४४ हजार २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
भारतमा
भारतमा २४ हजार ४ सय ४७ जनामा कोरोनाले संक्रमण गराएको छ । थप १ हजार ४ सय ८ नयाँ संक्रमित थपिएका छन् । ७ सय ८० जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् भने ५ हजार ४ सय ९६ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।
नेपालमा
नेपालमा थप १ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा थप १ जनामा पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। संक्रमित झापाका ६२ बर्षीय पुरुष रहेकाे बताइएकाे छ| हाल उनी आइसोलेशनमा अस्पतालमा रहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेको बताइरएकाे छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १८५ जनाको ज्यान गएको छ भने ब्राजिलमा ३५७ जना, क्यानडामा १५५ जना, स्विडेनमा १३१, नेदरल्याण्डमा ११२, मेक्सिकाेमा ९९ र टर्किमा १०९ जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस