स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः चार जना अस्पतालबाट डिस्चार्ज, २ संक्रमित थपिए
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिएकाे छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेश ब्रिफिङमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज गरिएकाे प्रबक्ता डा विकास देवकाेटाले बताए ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५औं दिनमा डिस्चार्ज भएका हुन् ।
याे संगै नेपालमा १६ जना निको भएका छन्।
वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस