कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? बैशाख १६ (तालिका सहित)
बैशाख १६ गते, मंगलबार।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३० लाख ६० हजार ४ सय १२ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ११ हजार २ सय ४४ पुगेको छ । विश्वको २१० देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ६७ हजार १ सय ५० जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सङ्क्रमितको संख्या १० लाख नाघेको छ । मंगलबार विहान सम्म १० लाख ८ हजार ४३ कुल सङ्क्रमित भएका छन्।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५६ हजार ४ सय ११ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संख्गा वल्डवोमिटर्सका अनुसार आइतबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
सोमबार थप १ हजार २ सय ३६ जनाको ज्यान गएको हो । पछिल्लो २ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या घटेको छ । अघिल्लो दिन १ हजार १ सय ५७ जनाको मृत्यु भएको थियो ।
युकेमा
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा सोमबार थप ३ सय ६० जनाको मृत्यु भएको छ । सोमबार एकै दिन ४ हजार ३ सय ९ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५७ हजार १ सय ४९ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २१ हजार ९२ पुगेको छ।
फ्रान्समा
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या सोमबार बढेको छ। आइतबार ३ सय ६९ जनाको मृत्यु भएकोमा थप सोमबार ४ सय ३७ जनाको ज्यान गएको हो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २३ हजार २ सय ९३ पुगेको छ । मंगलबार विहान सम्म १ लाख ६५ हजार ८ सय ४२ कुल सङ्क्रमित भएका छन्।
इटलीमा
कोरोना महामारीको सङ्क्रमणबाट इटलीमा थप ३ सय ३३ जनाको मृत्यु छ।इटलीमा सोमबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २६ हजार ९ सय ७७ पुगेको छ ।विगत २४ घण्टामा इटलीमा थप १ हजार ७ सय ३९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट इटलीमा १ लाख ९९ हजार ४ सय १४ जना संक्रमित भएका छन् ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप १ सय १३ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार २ सय ७ पुगेको छ । यस्तै संक्रमितको संख्या ४६ हजार नाघेको छ । आज ५ सय ३३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४६ हजार ६ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
स्पेनमा
स्पेनमा सोमबार थप ३ सय ३१ जनाको मृत्यु भएको छ । यस्तै थप २ हजार ७ सय ९३ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २९ हजार ४ सय २२ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २३ हजार ५ सय २१ पुगेको छ ।
इरानमा
कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ९६ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ । यस्तै संक्रमितको संख्या ९१ हजार नाघेको छ । आज ९ सय ९१ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९१ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
नेपालमा सोमबार थप संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले गर्ने नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५२ मात्रै रहेको बताएका हुन् ।
हाल सम्म १६ जना विरामी निको भएको बताए । यो संगै ३६ जना विरामी उपचाररत रहेको बताए । विराटनगरमा ३१ जना, विरगंजमा ३ जना, भरतपुरमा १ जना र धनगडीमा १ जना उपचाररत रहेको छन् । हाल सम्म ५३ हजार ५ सय ३४ जनामा काेराेना भाइरसकाे परिक्षण गरिएकाे छ । जस मध्ये पिसिआर प्रविधी बाट १० हजार ४ सय ७१ परिक्षण गरिएकाे बताए । यस्तै आरडीटी परिक्षण ४३ हजार ६३ जनाकाे परिक्षण गरिएकाे छ । विगत २४ घण्टामा २ हजार १ सय ८४ परिक्षण गरिएकाे छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ८५ जनाको ज्यान गएको छ भने ब्राजिलमा २ सय ७२ जना, क्यानडामा १४४ जना, नेदरल्याण्डमा ४३ , मेक्सिकाेमा ४६ र भारतमा ५८ जनाको ज्यान गएको छ ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३० लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ११ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस