स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङःअपडेट यस्ताे छ
बिहीबार नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा. देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ ।
हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस