• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? वैशाख १९ (तालिका सहित)


    वैशाख १९ गते ,शुक्रबार।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या ३३ लाख नाघेको छ । शुक्रबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३३ लाख ४ हजार १ सय ४३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ८५ हजार ९ सय ६० जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार ८ सय जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा विहिबार २ हजार २सय १ जनाको ज्यान गएको छ । शुक्रबार विहान सम्म अमेरिकामा १० लाख ९५ हजार १९ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा एकै दिन थप ३० हजार ८ सय २५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६३ हजार ८ सय ५६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    पछिल्लो ३ दिनमा अमेरिकामा ज्यान गुमाउनेको संख्या बढेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बिहिबार ६ सय ७४ जनाको मृत्यु भएको बताएको छ । बुधबार एकै दिन ६ हजार ३२ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ७१ हजार २५३ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २६ हजार ७ सय ७१ पुगेको छ।

    फ्रान्समा

    विश्वभर फैलिएको कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बिहिबार घटेको छ। बिहिबार २ सय ८९ जनाको मृत्यु भएको छ । बुधबार४ सय २७ जनाको मृत्यु भएको थियो ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ३ सय ७६ पुगेको छ । शुक्रबार विहान सम्म १ लाख ६७ हजार १ सय ७८ कुल सङ्क्रमित भएका छन्।बिहिबार थप ७५८ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    इटलीमा
    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहिबार थप २ सय ८५ जनाको मृत्यु छ।इटलीमा बिहिबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ९ सय ६७ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ५ हजार ४ सय ६३ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ८ सय ७२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    स्पेनमा

    कोभिड १९ बाट स्पेनमा बुधबार थप ४ सय ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार ७ सय ७१ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३६ हजार ८ सय ९९ पुगेको छ । यो संगै आइतबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ हजार २ सय ७५ पुगेको छ ।

    बेल्जियममा
    कोरोना भाइरसबाट बेल्जियममा बिहीबार एकै दिनमा थप ९३ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ९४ पुगेको छ । यस्तै संक्रमितको संख्या ४८ हजार नाघेको छ । आज ६ सय ६० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४८ हजार ५सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरानमा
    कोरोना भाइरसबाट इरानमा बिहीबार एकै दिनमा थप ७१ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार २८ पुगेको छ । यस्तै संक्रमितको संख्या ९४ हजार नाघेको छ । आज ९ हजार ८३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९४ हजार ६ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १ सय ५६ जनाको ज्यान गएको छ भने ब्राजिलमा ३ सय ९० जना, क्यानडामा १ सय ८८ जना, नेदरल्याण्डमा ८४ , मेक्सिकोमा १ सय ६३ र भारतमा ७५ जना र स्विडेनमा १ सय २४ जना, पेरुमा १ सय ८ जना, रसियामा १ सय १ जनाको ज्यान गएको छ ।

    विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३३ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस