• जीवनशैली | Jiwanshaili
  • कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २१ (तालिका सहित)


    वैशाख २१,आइतबार

    विश्वभर कोरोना भाइरसकाे महामारीबाट संक्रमित हुनेहरुको संख्या ३४ लाख पुगेको छ । आइतबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ४४ हजार ५९६ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।एकै दिन ८१ हजार ७ सय ८१ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार १ सय ४८ जनाको मृत्यु भएको छ।
    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शनिबार १ हजार ६ सय ४३ जनाको ज्यान गएको छ । आइतबार विहान सम्म अमेरिकामा ११ लाख ५९ हजार ५६४ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा एकै दिन थप २८ हजार५ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६७ हजार ३ सय ९१ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बुधबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शनिबार ६ सय २१ जनाको मृत्यु भएको बताएको छ । शनिबार एकै दिन ४ हजार ८ सय ६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ८२ हजार २६० सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शनिबार ३ सय ४० जनाको ज्यान गएको छ । शनिबार विहान सम्म ब्राजिलमा ९६ हजार ५ सय ५९ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ४ हजार ४ सय ५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय ५० पुगेको छ ।

    फ्रान्समा
    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शनिबार घटेको छ। फ्रान्समा शनिबार थप १ सय ६६ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २४ हजार ७ सय ६० पुगेको छ । शुक्रबार सम्म १ लाख ६८ हजार ३ सय ९६कुल सङ्क्रमित भएका छन्। शनिबार थप १ हजार ५० जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शनिबार थप २ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार १ सय ४७ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १६ हजार ५ सय ८२ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुगेको छ ।
    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिनमा थप ६२ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ७ सय ६७ पुगेको छ । यस्तै संक्रमितको संख्या ४९ हजार नाघेको छ । आज ४ सय ८५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४९ हजार ५ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा
    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शनिबार थप ४ सय ७४ जनाको मृत्यु छ।इटलीमा शनिबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ७ सय १० पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ९ हजार ३ सय २८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ९ सय जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा शनिबार एकै दिनमा थप ६५ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार १ सय ५६ पुगेको छ । यस्तै संक्रमितको संख्या ९६ हजार नाघेको छ । आज ८ सय २ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म ९६ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ७६ जनाको ज्यान गएको छ भने बेल्जियममा ६२ जना, क्यानडामा १ सय ७५ जना, नेदरल्याण्डमा ९४ , मेक्सिकोमा १ सय १३ र भारतमा १०० जना, इक्वेडरमा ३०८ जना, , पेरुमा ७६ जना, रसियामा ५३ जनाको ज्यान गएको छ ।

    विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३४ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ४४ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस