नेपालगञ्जमा थपिए ७ जना काेराेना संक्रमित, देशभरी ८२ पुग्याे
२३ वैशाख, काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित भेटिएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा काेराेना संक्रमण भेटिएकाे जनाएको छ । संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य छ ।
काेराेना संक्रमणकाे हब बन्दै गएकाे नेपालगञ्जमा आगामी वैशाख २५ गते सम्म निशेधाज्ञा लागु गरिएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस