नेपालगञ्जमा थपिए ७ जना काेराेना संक्रमित, देशभरी ८२ पुग्याे

२३ वैशाख, काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित भेटिएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा काेराेना संक्रमण भेटिएकाे जनाएको छ । संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य छ ।
काेराेना संक्रमणकाे हब बन्दै गएकाे नेपालगञ्जमा आगामी वैशाख २५ गते सम्म निशेधाज्ञा लागु गरिएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस