• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः मंगलबारको अपडेट यस्तो छ


    बैशाख २३, मंगलबार

    मंगलबार नेपालमा थप कोरोना भाइरसको ७ विरामी फेला नपरेका स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा ८२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ६१ जना पुरुष र २१ जना महिला रहेका छन् । जस मध्ये १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

    यस्तै शनिबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १३ हजार ८५० जनाको पीसीआर परीक्षण र ५२ हजार २ सय २७ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको परीक्षण भएको छ ।

    प्रदेश १ मा ६ हजार १ सय २२ , प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार ७४, प्रदेश ५ मा ५ हजार १ सय ९३ , कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५२ हजार २ सय २७ जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।

    हाल क्वारेन्टाइनमा २१ हजार ९९ रहेका छन् भने १२० जना आइसोलेसनमा रहेका छन् । काठमाण्डौमा २ जना र बाहिर ११८ जना आइसोलेसनमा रहेका छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस