देशभरी काेराेना संक्रमितकाे संख्या ९९ पुग्याे, वीरगञ्जमा थप १७ जना पाेजेटिभ
२४ वैशाख, काठमाडाैं । देशभरी काेराेना संक्रमितहरुकाे संख्या ९९ पुगेकाे छ । वीरगञ्जमा सकलित नतिजाहरु मध्ये केन्द्रिय प्रयाेगशाला टेकुमा भएकाे परीक्षणका क्रममा थप १७ जनाकाे नतिजा पाेजेटिभ देखिएकाे स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले अनलाइन पत्रकार सम्मेलनमा जनाए अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला छन् । संक्रमितहरु मध्ये एक जना २ महिने शिशु समेत भएकाे जनाइएकाे छ ।
९९ संक्रमित मध्ये २२ जना निकाे भएर घर गइसकेका छन् । घर गएका मध्ये ३ जनामा फेरी संक्रमण देखिएपछि अस्पताल ल्याइएकाे छ ।
देशभरीमा ७१ जना पुरुष र २८ जना महिला छन् । जसमध्ये प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, वाग्मतीमा ७ जना सक्रमित छन् । त्यसैगरी गण्डकीमा २ जना, प्रदेश ५ मा २४ जना र सुदूर पश्चिम प्रदेशमा ५ जना संक्रमित छन् । कर्णाली प्रदेशमा भने हालसम्म काेही संक्रमित देखिएका छैनन् ।
संक्रमितहरु सबैकाे स्वास्थ्य स्थिति सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस