स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः बुधबारको अपडेट यस्तो छ
बैशाख २४, बुधबार
बुधबार नेपालमा थप कोरोना भाइरसको १७ विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा ९९ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । जस मध्ये २२ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यस्तै बुधबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १४ हजार ९६ जनाको पीसीआर परीक्षण र ५२ हजार ९ सय ७० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ६ हजार ३ सय २८ , प्रदेश २ मा ५ हजार ७ सय ५७, बागमती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार १ सय ९७, प्रदेश ५ मा ५ हजार ३ सय ३० , कर्णाली प्रदेशमा ५ हजार ९ सय ७७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय १ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५२ हजार ९ सय ७० जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा १९ हजार ७ सय ३४ रहेका छन् भने १३६ जना आइसोलेसनमा रहेका छन् । काठमाण्डौमा ७ जना र बाहिर १२९ जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस