• जीवनशैली | Jiwanshaili
  • भारतमा संक्रमितको संख्या ५० हजार नाघ्यो, १७ सय बढीको मृत्यु


    वैशाख, २५ काठमाडौं । भारतमा बुधबार एकै दिन ३ हजार ५ सय ८२ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन थपिएका संक्रमित को यो सबैभन्दा ठूलो संख्या हो । बुधबार भारतमा ९१ जनाको मृत्यु भएको छ । भारतमा कुल मुत्यु हुनेहरुको संख्या १ हजार ७ सय ८५ पुगेको छ ।
    बुधबार भारतमा सबैभन्दा बढि संक्रमित महाराष्ट्रमा देखिएका छन् ।

    महाराष्ट्रमा एकै दिनमा कुल १ हजार २ सय ३३ संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भएको छ । महाराष्ट्र पछि सबैभन्दा बढी दिल्लीमा संक्रमित थपिएका छन् । दिल्लीमा एकै दिनमा ४ सय २८ जना संक्रमित थपिएका हुन् ।

    भारत दक्षिण एसियामानै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी संक्रमण पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा कुल २४ हजार ७३ जना संक्रमित भएका छन् । त्यहाँ मुत्यु हुनेको संख्या ५ सय ६४ पुगेको छ । बुधबार एकैदिन पाकिस्तानमा १ हजार १ सय ६५ जना संक्रमित थपिए भने ३० जनाको मृत्यु भयो ।

    संक्रमितको संख्यामा दक्षिण एसियामा तेस्रो स्थान बंगलादेशको छ । जहाँ ११ हजार ७ सय १९ जना संक्रमित भएका छन् भने १ सय ८६ जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस