• जीवनशैली | Jiwanshaili
  • कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २६(तालिका सहित)


    वैशाख २६, शुक्रबार

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ३७ लाख पुगेको छ । शुक्रबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३९ लाख १३ हजार ६ सय ४३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ७० हजार ४सय २६ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ९६ हजार २ सय ६१ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बिहीबार २ हजार १ सय २९ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १२ लाख ९२ हजार ६२३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २९ हजार ५ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ७६ हजार ९ सय २८ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार बिहीबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बिहीबार ५ सय ३९ जनाको मृत्यु भएको बताएको छ । बिहीबार एकै दिन ५ हजार ६ सय १४ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ६ हजार ७ सय १५ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बिहीबार ६ सयको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा १ लाख ३५ हजार ६ सय ९३ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ९ हजार ९२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ८८ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बिहीबार बढेको छ। फ्रान्समा बिहीबार थप १ सय ७८ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २५ हजार ९ सय ८७ पुगेको छ । आज विहान सम्म १ लाख ७४ हजार ७ सय ९१ कुल सङ्क्रमित भएका छन्। बिहीबार थप ६ सय जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बिहीबार थप २ सय १३ जनाको मृत्यु भएको छ । यस्तै थप ३ हजार १ सय ७३ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय ५५ पुगेको छ । यो संगै आज बिहान सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा बिहीबार एकै दिनमा थप ७६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ४सय १५ पुगेको छ । यस्तै संक्रमितको संख्या ५० हजार नाघेको छ । आज ६ सय ३९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५१ हजार ४ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहीबार थप २ सय ७४ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २९ हजार ९ सय ५८ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख १५ हजार ८ सय ५८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ४० जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा बिहीबार एकै दिनमा थप ६८ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ४ सय ८६ पुगेको छ । संक्रमितको संख्या १ लाख नाघेको छ भने १ हजार ४ सय ८५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १लाख ३ हजार १ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १सय १७, इक्वेडरमा ३६, क्यानडामा १ सय ७६ जना, नेदरल्याण्डमा ८४ , मेक्सिकोमा १सय ९७ र भारतमा १०४ जना, पेरुमा ९४ जना, रसियामा ८८ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस