• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा शुक्रबार थप १ सय ६ जनाको ज्यान गयो


    बैशाख २६ गते, शुक्रबार

    कोरोना भाइरसबाट बेल्जियममा शुक्रबार एकै दिनमा थप १ सय ६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ५ सय २१ पुगेको छ । यस्तै संक्रमितको संख्या ५२ हजार नाघेको छ । आज ५ सय ९१ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५२ हजार ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३९ लाख मानीसमा भइसकेको छ भने २ लाख ७१ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस