स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शुक्रबारको अपडेट यस्तो छ

बैशाख २६, शुक्रबार
शुक्रबार नेपालमा थप १ कोरोना भाइरसको विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा १०२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । जस मध्ये २२ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यस्तै शुक्रबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १५ हजार ४ सय ९२ जनाको पीसीआर परीक्षण र ५४ हजार ५ सय ३१ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ६ हजार ८ सय ४९ , प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९ , कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५४ हजार ५३१ जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा १५ हजार ६ सय २४ रहेका छन् भने १३५ जना आइसोलेसनमा रहेका छन् । काठमाण्डौमा ३ जना र बाहिर १३२ जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस