• जीवनशैली | Jiwanshaili
  • कोरोना महामारीः गएकाे २४ घण्टामा कहाँ के के भए?हेर्नुहाेस् वैशाख २७(तालिका सहित)


    वैशाख २७, शनिवार

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४० लाख पुगेको छ । शनिवार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४० लाख ९ हजार २ सय ९२ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या २ लाख ७५ हजार ९ सय ७२ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ५ हजार ५ सय ४६ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ९७ हजार १ सय २८ जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रबार १ हजार ६ सय ८३ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १३ लाख २१ हजार ७८५ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २९ हजार १ सय ६२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ७८ हजार ६ सय ११ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार शुक्रबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार ६ सय २६ जनाको मृत्यु भएको बताएको छ । शुक्रबार एकै दिन ४ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ११ हजार ३ सय ६४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३१ हजार २ सय ४१ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रबार ८ सय ४ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा १ लाख ४५ हजार ८ सय ९२ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १० हजार १सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ९२ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार बढेको छ। फ्रान्समा बिहीबार थप २ सय ४३ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २५ हजार ३ सय ३० पुगेको छ । आज विहान सम्म १ लाख ७८ हजार ७१ कुल सङ्क्रमित भएका छन्। शुक्रबार थप १हजार २ सय ८८ जनामा यस भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शुक्रबार थप २ सय २९ जनाको मृत्यु भएको छ । यस्तै थप ३ हजार २ सय ६२ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ६० हजार १ सय १७ पुगेको छ । यो संगै आज बिहान सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार २सय ९९ पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा शुक्रबार एकै दिनमा थप १सय ६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ५ सय २१ पुगेको छ । यस्तै संक्रमितको संख्या ५२ हजार नाघेको छ । हिजो ५ सय ९१ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५२ हजार ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शुक्रबार थप२ सय ४३ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३० हजार २ सय १ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख १७ हजार १ सय ८५ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ हजार ३ सय २७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ५५ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ५ सय ४१ पुगेको छ । संक्रमितको संख्या १ लाख नाघेको छ भने १ हजार ५ सय ५६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १लाख ४ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा १सय १८, इक्वेडरमा ५०, क्यानडामा १ सय ६१ जना, नेदरल्याण्डमा ७१ , मेक्सिकोमा २ सय ५६ र भारतमा ९६ जना, पेरुमा ८७ जना, रसियामा ९८ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस