नेपालमा थप ७ कोरोना पुष्टि, संक्रमितहरुको संख्या १०९ पुग्यो
२७ वैशाख, काठमाडौं । देशभरी कोरोना संक्रमितहरुको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा परीक्षणका क्रममा थप ७ जनाको नतिजा पोजेटिभ देखिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अनलाइन पत्रकार सम्मेलनमा जनाए अनुसार संक्रमित हुनेमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ वर्षका पुरुष रहेका छन् । यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
१०९ संक्रमित मध्ये ३१ जना निको भएर घर गइसकेका छन् ।
देशभरीमा ७८ जना पुरुष र ३१ जना महिला छन् ।
संक्रमितहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस