स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शनिबारको अपडेट यस्तो छ
बैशाख २७, शनिबार
शनिबार नेपालमा थप ७ कोरोना भाइरसको विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा १०९ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ७८ जना पुरुष र ३१ जना महिला रहेका छन् । जस मध्ये ३१ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यस्तै शुक्रबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १६ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण र ५५ हजार ९ सय ३० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ७ हजार ५५ , प्रदेश २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ५, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ६सय ३८ , कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय ९१ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५५ हजार ५३० जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ रहेका छन् भने १४३ जना आइसोलेसनमा रहेका छन् । काठमाण्डौमा २ जना र बाहिर १४१ जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस