स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शनिबारको अपडेट यस्तो छ

बैशाख २७, शनिबार
शनिबार नेपालमा थप ७ कोरोना भाइरसको विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा १०९ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ७८ जना पुरुष र ३१ जना महिला रहेका छन् । जस मध्ये ३१ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यस्तै शुक्रबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १६ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण र ५५ हजार ९ सय ३० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ७ हजार ५५ , प्रदेश २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ५, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ६सय ३८ , कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय ९१ जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५५ हजार ५३० जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ रहेका छन् भने १४३ जना आइसोलेसनमा रहेका छन् । काठमाण्डौमा २ जना र बाहिर १४१ जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस