कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा, ३१ वैशाख/ नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।
कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ । कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस