कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए?हेर्नुहोस् जेठ २ गते (तालिका सहित)
जेठ २ गते ,शुक्रबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४५ लाख पुगेको छ । शुक्रबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४५ लाख २० हजार ५ सय ६४ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ३ हजार ६१ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ९४ हजार ९ सय ९ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार २ सय ९६ जनाको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बिहिबार १ हजार ६ सय ९४ जनाको ज्यान गएको छ । आज बिहिबार विहान सम्म अमेरिकामा १४ लाख ५६ हजार १ सय ५१ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २५ हजार ८ सय ४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८६ हजार ८ सय ९१ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बिहिबार ४ सय २८ जनाको मृत्यु भएको बताएको छ । बिहिबार एकै दिन ३ हजार ४ सय ४६ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ३३ हजार १५१ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३३ हजार ६ सय १४ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बिहिबार ८ सय ३५ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा २ लाख २ हजार ९ सय १८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १३ हजार ७ सय ६१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १३ हजार ९ सय ९३ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बुधबढेको छ। फ्रान्समा बिहिबार थप ३५१ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ४ सय २५ पुगेको छ । आज विहान सम्म १ लाख ७८ हजार ८सय ७० कुल सङ्क्रमित भएका छन्।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बिहिबार थप २ सय १७ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ५ सय ५१ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय २१ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बिहिबार एकै दिनमा थप ६० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ३ पुगेको छ । यस्तै संक्रमितको संख्या ५४ हजार नाघेको छ । आज ३ सय ७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५४ हजार २ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहिबार थप २ सय ६२ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३१ हजार ३ सय ६८ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २३ हजार ९६ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ९ सय ९२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा बिहिबार एकै दिनमा थप ७१ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय ५४ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख १४ हजार नाघेको छ । आज १ हजार ८ सय ८ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १४ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा बिहिबार थप ६ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाण्डौ दहचोकका ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको हो । यसै गरी धादिङ र धनुषामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । धादिङका ३० वर्षीय महिला र धनुषामा १७ वर्षीय युवतीमा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ६७, क्यानडामा १ सय ७० जना, नेदरल्याण्डमा ५२, मेक्सिकोमा २ सय ९४ र भारतमा ९८ जना, स्विडेनमा ६९ जना, र रसियामा ९३ जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस