• जीवनशैली | Jiwanshaili
  • मकवानपुरमा पनि देखियो कोरोना, २४ जिल्लामा संक्रमण हेर्नुहोस् कुन जिल्लामा कति ?


    जेठ २ गते, २०७७, शुक्रबार।

    मकवानपुर जिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसारमा मकवानपुरमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार  शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । आज शुक्रबार विहान थप ९ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । यसै गरी बाँकेमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँकेका १८,२०,२२,२५,२५,२७,३२र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै नेपालका २४ जिल्लामा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।


    प्रदेश नंम्बर १ का ३ जिल्ला, प्रदेश नंम्बर २ का ७ जिल्ला, बागमती प्रदेशका ५ जिल्ला, गण्डकी प्रदेशका २ जिल्ला, प्रदेश नंम्बर ५ का ५ जिल्ला र सुदुरपश्चिम प्रदेशका २ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    हालसम्म पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
    सङ्क्रमित व्यक्तिहरूको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस