• जीवनशैली | Jiwanshaili
  • दाङमा पनि भेटिए संक्रमित, तीन जनामा कोरोना पुष्टी


    जेठ २, शुक्रबार।

    कोरोना भाइरसको संक्रमण दाङमा पनि पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुशार दाङमा शुक्रबार तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
    काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
    यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस