• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए?हेर्नुहोस् जेठ ३ गते (तालिका सहित)


    जेठ ३ गते ,शनिबार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४६ लाख पुगेको छ । शनिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४६ लाख २१ हजार १ सय १६ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ८ हजार १३२ पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ९९ हजार १ सय ७ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार ५० जनाको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रबार १ हजार ५ सय ७३ जनाको ज्यान गएको छ । आज शनिबार विहान सम्म अमेरिकामा १४ लाख ८३ हजार ९ सय ९५ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २६ हजार ४ सय २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८८ हजार ४ सय ८५ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार ३ सय ८४ जनाको मृत्यु भएको बताएको छ । शुक्रबार एकै दिन ३ हजार ५ सय ६० जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ३६ हजार ७७१ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ९८ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रबार ८ सय २४ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा २ लाख १८ हजार २ सय २३ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १५ हजार ३ सय ५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १४ हजार ८ सय १७ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार घटेकाे छ। फ्रान्समा शुक्रबार थप १०४ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ५ सय २९ पुगेको छ । आज विहान सम्म १ लाख ७९ हजार ५सय ९६ कुल सङ्क्रमित भएका छन्।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शुक्रबार थप १ सय ३८ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ७ सय २१ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ६७ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार ४ सय ५९ पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा शुक्रबार एकै दिनमा थप ५६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ५९ पुगेको छ । यस्तै संक्रमितको संख्या ५४ हजार नाघेको छ । आज ३ सय ५६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५४ हजार ६ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शुक्रबार थप २ सय ४२ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३१ हजार ६ सय १० पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २३ हजार ८८५ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ७ सय ८९ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ४८ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय २ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख १६ हजार नाघेको छ । आज २ हजार १ सय २ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १६ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा शुक्रबार १८ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ ।

    काठमाण्डौँमा फेरि काेराेना संक्रमण भेटिएकाे छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सतुंगलका ७ वर्षीय बालकमा कोरोना देखिएकाे हाे । यस्तै थप ९ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ । याे संगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २६७ पुगेकाे छ ।

     मन्त्रालयका अनुसार मकवानपुरका ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । यसै गरी बाँकेमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।बाँकेका १८,२०,२२,२५,२५,२७,३२र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    पर्सा बीरगंज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुगंगलका ७ वर्षीय बालकमा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ७३ , पेरूमा १२५ जना,क्यानडामा ९० जना, नेदरल्याण्डमा ५३, मेक्सिकोमा २ सय ५७ र भारतमा १०४ जना, स्विडेनमा ११७ जना, र रसियामा ११३ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस