• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा शुक्रबार एकै दिन १ हजार ५ सय ८७ जनाको ज्यान लियाे


    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रबार १ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । आज शनिबार विहान सम्म अमेरिकामा १४ लाख ८४ हजार ८६ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २६ हजार ४ सय ९३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८८ हजार ४ सय ९९ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४६ लाख पुगेको छ । विश्वको २१२ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस