काठमाडौं महानगरपालिकाका ३१ कर्मचारीमा काेराेना देखिएन
काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइमा खटिने कर्मचारीको र्यापिड टेस्टको नतिजा पिसिआरमा नेगेटिभ आएको छ।
सबैको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्।
अहिले ३१ जना नै महानगरको वातावरण भवनमा छन्। उनीहरूलाई के गर्ने भन्ने भोलि छलफल गरिने खड्गीले बताइन्।
शुक्रबार टेकु अस्पतालमा महानगरका सरसफाइमा खटिने ९ सय ३२ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएकोमा उनीहरूको पनि नेगेटिभ आएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस