• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरियाे


    कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

    सुरक्षास्रोतका अनुसार उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो ।

    धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए ।

    यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस