कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ ४ गते (तालिका सहित)
जेठ ४ गते ,आइतबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४७ लाख पुगेको छ । शनिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४७ लाख १५ हजार ३ सय ४१ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख १२ हजार ३१५ पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ९३ हजार ९ सय ३२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार भन्दा बढीकाे मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शनिबार १ हजार ३१ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म अमेरिकामा १५ लाख ६ हजार २ सय ६८ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २१ हजार ९ सय ८३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ८९ हजार ५ सय ३८ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शनिबार ४ सय ६८ जनाको मृत्यु भएको बताएको छ । शनिबार एकै दिन ३ हजार ४ सय ५० जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ४० हजार १६१ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३३ हजार ४ सय ६६ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शनिबार ८ सय १६ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १४ हजार ९ सय १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय ३३ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शनिबार घटेको छ। फ्रान्समा शनिबार थप ९६ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ६ सय २५ पुगेको छ । आज विहान सम्म १ लाख ७९ हजार ३सय ६५ कुल सङ्क्रमित भएका छन्।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शनिबार थप १ सय ४ जनाको मृत्यु भएको छ । यस्तै थप २ हजार १ सय ३८ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ५ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार ५ सय ६३ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिनमा थप ४६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ५ पुगेको छ । यस्तै संक्रमितको संख्या ५४ हजार नाघेको छ । आज ३ सय ४५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५४ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शनिबार थप १ सय ५३ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३१ हजार ७ सय ६३ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २४ हजार ७६० जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ८ सय ५७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा शनिबार एकै दिनमा थप ३५ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ३५ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । आज १ हजार ७ सय ५७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख १८ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट नेपालमा शनिबार १ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन १४ जना संक्रमित भएका छन् । यो संगै नेपालमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा २६ , पेरूमा १३१ जना,क्यानडामा ११७ जना, नेदरल्याण्डमा २७, मेक्सिकोमा २ सय ९० र भारतमा ११८ जना, स्विडेनमा २८ जना,इक्वेडरमा ९४ जना र रसियामा ११९ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस