कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ ६ गते (तालिका सहित)
जेठ ६ गते ,मंगलबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४८ लाख पुगेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ४८ लाख ८७ हजार ८४२ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख १९ हजार ९६० पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८८ हजार ५७६ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सोमबार ९ सय ९८जनाको ज्यान गएको छ । आज मंगलबार विहान सम्म अमेरिकामा १५ लाख ५० हजार ८३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २२ हजार ४ सय १९जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९१ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९१ हजार ९ सय ७६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा सोमबार १ सय ६० जनाको मृत्यु भएको बताएको छ । आइतबार एकै दिन २ हजार ७ सय ११ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ४६ हजार ४०६ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३३ हजार ७ सय ९६ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सोमबार७ सय ३५ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा २ लाख ५५ हजार ३६८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १४ हजार २ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १६ हजार ८ सय ५३ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या सोमबार घटेको छ। फ्रान्समा सोमबार थप १३१ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार २ सय ३९ पुगेको छ । आज विहान सम्म १ लाख ७९ हजार ९ सय २७ कुल सङ्क्रमित भएका छन्।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा सोमबार थप ५९ जनाको मृत्यु भएको छ । यस्तै थप ४ सय ६९ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ७८ हजार १ सय ८८ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार ७ सय ९ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप २८ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ८० पुगेको छ । यस्तै संक्रमितको संख्या ५५ हजार नाघेको छ । आज २ सय ७९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५५ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा सोमबार थप ९९ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३२ हजार ७ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २५ हजार ८८६ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ४ सय ५१ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ६९ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ५७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख २२ हजार नाघेको छ । आज २ हजार २ सय ९४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख २२ हजार ४ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
नेपालमा एकै दिन थप ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ।
यो संगै नेपालमा कोरोना भाइरस कोभिड(१९० को संक्रमण पुष्टि भएको संख्या ३७५ पुगेको छ । भने २ जनाको ज्यान गएको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ७४ , पेरूमा १४१ जना,क्यानडामा ६० जना, नेदरल्याण्डमा २७, मेक्सिकोमा १ सय ३२ र भारतमा १३१ जना, स्विडेनमा १९ जना,इक्वेडरमा ६३ जना र रसियामा ९१ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस