• जीवनशैली | Jiwanshaili
  • लकडाउनमा मानसिक रुपमा कसरी स्वस्थ्य रहने


    लामो समय घर भित्रै बस्दा अनि एकै प्रकारका मानिसहरुसँग निरन्तर सम्पर्कमा रहँदा र एकै प्रकारको दैनिकी विताउँदा मानिसको मानसिक स्वास्थ्यमा असर पर्नसक्छ । मानसिक स्वास्थ्यमा परेको असरको प्रभाव तत्काल नदेखिने पनि हुन्छ । लामो समयपछि वा लकडाउन खुले पछि निमित काममा फर्कँदा त्यसको असर देखिने हुन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन जस्तो मानसिक समस्या हुनसक्छ । त्यसैले अहिले लकडाउनका बेला हामीले हाम्रो मानसिक स्वास्थ्यमा ध्यान दिनु निकै जरूरी हुन्छ । कसरी ध्यान दिने त मानसिक स्वास्थ्यमा प्रस्तुत छ मनोविद पदमराज जोशीका केही सुझाव ।

    के हुन्छ होम क्वारेन्टाइनमा बस्दा

    मानिसले अत्यधिक तनावको अनुभूति गर्छन् । आत्तिने, व्याकुल हुने पनि हुन्छ । अनावश्यक सोचहरु आइरहन सक्छन् । कहिले दुखित हुने, आफ्नाे कष्ट सम्झेर रून मनलाग्ने तथा पहिले रमाइलो लाग्ने कुराहरुमा पनि अहिले रमाउन नसक्ने हुनसक्छ ।

    त्यसैगरी विभिन्न शारीरिक समस्या पनि आउन सक्छन् । जस्तै नाडीको गति बढ्नु, मुटुको धडकन बढ्नु आदि पनि हुनसक्छ । यी समस्या हुँदा हामी आत्तिनु हुँदैन । यस्तो बेला यी समस्या आउन सक्छन् भनेर हामीले स्वभाविक रुपमा लिनुपर्छ ।

    यी लछ्यण सामान्य अवस्थामा हो भने मानसिक समस्याका लक्षण हुन । तर अहिलेको अवस्थामा यस्ता लक्षण स्वाभाविक मान्नु पर्छ । हामीले मानसिक समस्यामा छौ भन्ने सोच्नु हुँदैन । तर यस्ता अवस्थाले सजग भईएन भने मानसिक समस्या निम्ताउन सक्छन् ।

    व्यवहार नियन्त्रण

    माथि उल्लेखिन शारीरिक लक्षण देखिएका छन् भनेपनि ती स्वाभाविक हुन् भनेर सोच्ने । अनि मैले यो बेलामा आफ्नाे व्यवहारलाई नियन्त्रण गर्नु पर्ने हुन्छ भनेर बुझ्ने ।

    व्यवहार के हो ?

    व्यवहार भन्दा हाम्रो मस्तिस्क भित्र आउने सोचाई पनि हुन् । घरी घरी गलत सुचनाहरु हेर्न मनलाग्ने हुनसक्छ ।

    समाजिक सञ्जालहरुमा, यू–ट्युब वा टीभीहरुमा कोरोनाको संक्रमणबारे भ्रामक समाचारहरु र डरलाग्दा सूचनाहरू आइरहन्छन् । त्यस्ता सूचानाले हाम्रो मस्तिस्कमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । त्यसले हाम्रो व्यवहार पार्छ र शारीरिक समस्या देखिन सक्छ । त्यसैले हाम्रो व्यवाहार त्यही अनुरुप बनाउनु पर्छ ।

    हामीलाई केही कुरा मन पर्नु या नपर्नुमा हाम्रो व्यवहार र हामीले ग्रहण गर्ने सूचनाले प्रभाव पार्छ । सकारात्क सूचना छ भने कुनै पनि व्यक्तिको अनुहार आकृति हामीलाई पन परीरहेको हुन्छ । त्यो सूचना हाम्रो मस्तिस्कबाट निस्कने केमिकल सब्स्टेन्स (रसायन)बाट प्रभावित हुन्छ ।

    साधारण अवस्था र अहिलेमा फरक के छ ?

    हिजोको बेला नियमित जीवन पद्धतिमा हाम्रो ८ देखि १० घण्टा काममा घरदेखि बाहिर बितिरहेको हुन्छ । वस्यक्यहरुको कार्यालयमा समय वितेको हुन्छ भने बालबालिकाको पनि विद्यालय वा कलेजमा समय वितेको हुन्छ । त्यसबेला मानसिक उर्जा मुख्य रुपमा काममानै खपत भएको हुन्छ ।
    तर अहिले सम्पूर्ण मानसिक उर्जा घरभित्रैनै खपत भइरहेको छ । त्यसैले समायोजनका थुप्रै समस्या एउटै परिवारमा पर्न सक्छ । यस्तोमा समस्या समाधानको नेतृत्व लिने समुदाय भने युवा समुदाय अथवा परिवारको बीचको पुस्ता हो ।

    युवा पुस्ताको जिम्मेवारी

    २० देखि ४० वर्ष उमेरकाहरूको यस्तो अवस्थामा विशेष जिम्मेवारी हुन्छ । युवापुस्तामा मानसिक तनाव पनि त्यति नहुने र शारीरिक क्षमता पनि बढीहुने भएकोले माथिल्ला पुस्ता र तल्लो पुस्तको विशेष निगरानी गर्ने जिम्मा उनीले लिनुपर्छ । उनीहरुले माथिका र तलका पुस्ताबीच पुलको काम गर्नुपर्छ । पुस्ताहरुबीच समायोजनकारी भूमिका निर्वाह गर्नुपर्छ । परिवारमा रमाइलो बतावरण बनाउने काम उनीहरुले गर्नुपर्छ ।

    उनीहरुमा पनि मानसिक तनाव भने हुन सक्छ किनकी जीवनको सबैभन्दा सिर्जनशील उमेर यहि हो र यसमो जीवनका अनेक आकांक्षा र सपना पूरा गर्ने उदेश्य हुन्छ, त्यसमा अवरोध भएको महशुस भएको हुनसक्छ ।

    तर उनीहरुले यो महामारीको असर केवल मलाई मात्र परेको होइन, मेरो देशमा मात्र परेको होइन, सम्पूर्ण विश्वभारीनै परेको हो र यसको असर सबैमा बराबर परेको छ भनेर सकारात्मक भइरहनु पर्छ ।

    के गर्ने त ?

    • पहिलो औषधी व्यवहार नियन्त्रण नै हो
    • नकारात्मक सूचनाहरुबाट टाढा बस्ने
    • घरभित्र सकारात्मक वातावरण निर्माण गर्ने
    • विहान उठ्ना साथ आफुलाई पहिलो सुचनाको रुपमा सकारात्मक सूचना दिने, म हिजो भन्दा आज बढी ठिक छु भन्ने
    • एक किसमको दैनिकी निर्माण गर्नुपर्छ
    • पारिवारिक बैठकहरु गर्नुपर्छ, साँझको बेला दैनिक रुपमा के के गर्न सक्छौ भोलीको कार्यपालिका तयार गर्ने
    • भान्छा वा अन्य कतैको काममा सामुहि रुपमा सहभागी हुने
    • भजन आदी गर्ने बानी छ भने सामुहिक रुपमा गर्ने वा परिवार सबै सहभागी भएर गर्ने
    • साँझको खाना पहिले एक घण्टा संगीत सुन्ने
    • सकिन्छ भने संगीतसँग शरीरिक अभ्यास गर्ने, जसलाई बडी मुभमेन्ट भनिन्छ
    • केही समय नाच्न, जसकालाई सिपालु हुनु जरुरी छैन, शरीरको लागि गर्ने, यसलाई मनोविज्ञानमा डान्स मुभमेन्ट थेरापी पनि भनिन्छ । यसले रात्री भोजन राम्रो हुन्छ र निद्राको समस्या पनि कम हुन्छ ।
    • ६ देखि ८ घण्टा अनिवार्य सुत्ने, सुत्ने समय नियमित छ वा गडबड छैन भने आधि मानसिक रोग निको हुन्छ भन्ने अनुसन्धानहरुले नै देखाएका छन् ।
    • परिवारका सिर्जशील क्रियाकलाप गर्ने, बच्चाहरुलाई पेन्टीङ, चित्रकला गर्न लगाउने, वयस्कले रमाइलो गर्दा घरभित्र खेल्न सकिने सामुहिक खेल, क्यारम बोर्ड, लुडो वा चेस भए पनि खेल्ने, सामुहिक रुपमा खानाको कुनै नयाँ परिकार बनाउने
    • नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले भनेका नियमहरुको पालना गर्ने

    नकारात्मक सूचनाले के गर्छ

    हाम्रो शरीरबाट निस्कने न्यूरो ट्रान्समिटर वा हर्मोनमा गडबडी हुन्छ । त्यो गडबढीले हाम्रो दैनिकी र हाम्रो जीवन प्रणालीनै अस्तव्यस्त हुन्छ ।

    कोरोनासँग लड्न हामीलाई आवश्यक हुन्छ, रोगसँग लड्ने क्षमता । हामीले रोगसँग लड्ने क्षमता बचाउनु पर्ने हुन्छ । त्यसकालागि मनोविज्ञानमा साइक्लो न्युरो इम्युनोलोजी भन्ने एउटा शब्दावली छ, जसले हाम्रो सोचाइ, हाम्रो तनाव र हाम्रो रोगप्रतिरोधक क्षमता, यी तिनैको सम्बन्ध हुन्छ भन्ने बुझाउँछ ।

    जसले भन्छ हामीले घरीघरी शरीरमा नकारात्मक सूचना प्रवाहित गर्यौ भने त्यो नकारात्मक सूचनाले गर्दा हाम्रो शरीरबाट निस्कने रसायनहरु, हर्मोन र न्यूरो ट्रान्समिटरको गडबडी हुन पुग्छ । कुनै रसायन हामीलाई चाहिने भन्दा बढी उत्पादन भइदिन्छ भने कुनै चाहिने जतिपनि वा रोकिन पनि सक्छ । यो हुनुको कारण घरीघरी नकारात्मक सूचना प्राप्त गर्नु हो ।

    यस्तो स्थितिले हाम्रो रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता समेत कम गरीदिन्छ र हामीलाई रोगले आक्रमण गर्दा शरीरले थेग्न सक्दैन । माहामारीसँग जुध्न हामीले रागसँग लड्ने क्षमता बचाइ राख्नुपर्ने हुन्छ ।

    त्यसैले नकारात्मक सूचना ग्रहण गर्नबाट आफैँले आफैलाई नियन्त्रण गर्नु पर्ने हुन्छ । सकारात्मक उर्जाले हाम्रो मानसिक स्वास्थ्य सकारात्मक हुन्छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस