• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४ सय २ पुग्याे


    नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा अनुसार २४ जना पुरुष र ३ जना महिलामा काेराेना संक्रमण देखिएकाे हाे ।

    झापाका ९ जना, सर्लाहीका २, भक्तपुर, ललितपुर, सुनसरी, रामेछाप, मकवानपूर, लम्जुङ, सिन्धुली मोरङ र नवलपरासीको १- १ जना, कपिलबस्तुका ४ जना, काठमाण्डौँका ३ जनामा संक्रमण देखिएकाे हाे ।

    हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    योसँगै नेपालमा संक्रमितको कूल संख्या ४ सय २ पुगेको छ । संक्रमितमा पुरुष ३४० जना र महिला ६२ जना रहेका छन् ।

    यसै गरी यस भाइरसको ३६ जिल्लामा संक्रमण देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस