• जीवनशैली | Jiwanshaili
  • वनस्थली बस्ने ३ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि


    मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ ।

    जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले मंगलबारकाे नियमित  पत्रकार सम्मेलनमा लमजुङका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो ।

    मन्त्रालयका अनुसार हालसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।  हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किएका छन् । यस्तै २ जनाको मृत्यु भएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस