नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
जेठ ८ गते, बिहिबार।
नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज नयाँ थपिएसँगै सङ्क्रमित ४४४ पुगेका छन् । नयाँ सङ्क्रमितमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् । उहाँका अनुसार झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला छन् । बुधबार २५ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४५ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् । सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य छ । ती स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस