• जीवनशैली | Jiwanshaili
  • नेपालमा शनिबार फेरी देखियाे ३६ जनामा कोरोना, संक्रमितको संख्या ५८४ पुग्यो


    जेठ ११ गते,शनिबार।

    नेपालमा शनिबार थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप ३६ अहिले र बिहान ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । संक्रमितहरूमा पूरूष ५०५ र महिला ७९ जना रहेका बताइएकाे छ ।

    सेती अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा बैतडी शिबनाथ का ४ जना, कोशी अस्पतालमा गरीएको परिक्षणमा झापाका १ जना ३३ बर्षीय पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला गरीएको परिक्षणमा बाँकेका २७ जनामा र बर्दिया बढैयातालका १९ बर्षीय पुरुषमा संक्रमण देखिएको बताए । यसै गरी सुर्खेतमा तीन जनामा काेराेना संक्रमण पाइएकाे छ । जहाँ २ जना पूरूष र १ जना महिलामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे ।

    हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस