कोरोना कहरः विगत २४ घण्टामा विश्वमा कहाँ के के भए? हेर्नुहोस् जेठ ११ गते (तालिका सहित)

जेठ ११ गते ,आइतबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५३ लाख पुगेको छ । आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ५३ लाख ९७ हजार ८५७ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४३ हजार ६०८ पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ९९ हजार ८ सय ४५ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शनिबार १ हजार ३६ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म अमेरिकामा १६ लाख ६६ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २१ हजार ९ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९८ हजार ६ सय ८३ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शनिबार २ सय ८२ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ५७ हजार १५४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३६ हजार ६ सय ७५ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शनिबार ९ सय ६५ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म ब्राजिलमा ३ लाख ४७ हजार ३९८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १६ हजार ५ सय ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २२ हजार १३ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शनिबार ४३ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ३ सय ३२ पुगेको छ । आज विहान सम्म १ लाख ८२ हजार ४ सय ६९ कुल सङ्क्रमित भएका छन्।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शनिबार थप ५० जनाको मृत्यु भएको छ । यस्तै थप ४ सय ६६ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८२ हजार ३ सय ७० पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २८ हजार ६ सय ७ ८ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिनमा थप २५ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार २ सय ३७ पुगेको छ । यस्तै संक्रमितको संख्या ५६ हजार नाघेको छ । आज २ सय ९९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५६ हजार ७ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शनिबार थप १ सय १९ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३२ हजार ७ सय ३५ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २९ हजार ३ सय २७ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ६ सय ६९ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा शनिबार एकै दिनमा थप ५९ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ३५९ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ३३ हजार नाघेको छ । आज १ हजार ८ सय ६९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ३३ हजार ५ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा २४ घण्टा भित्र थप नेपालमा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । संक्रमितहरूमा पूरूष ५०५ र महिला ७९ जना रहेका बताइएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ४१ जिल्लामा देखिएको छ । यो संगै नेपालमा ७९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
यसै गरी कोरोना भाइरसका कारण हिजो शनिबार जर्मनीमा १४ , पेरूमा १२९ जना,क्यानडामा १०५ जना, नेदरल्याण्डमा २३, मेक्सिकोमा ४ सय ७९ र भारतमा १४२ जना, स्विडेनमा ६७ जना,इक्वेडरमा ४० जना र रसियामा १३९ जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस