मेक्सीकोमा काेराेना, शनिबारमात्रै ४ सय ७९ जनाको ज्यान गयो
जेठ ११ गते ,आइतबार।
कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सीको पनि नराम्ररी प्रभावित बनेको छ । पछिल्लो हप्ता मात्रै मेक्सीकोमा दैनिक सयौँको ज्यान गइरहेको छ। शनिबारमात्रै मेक्सिकोमा ४ सय ७९ जनाको ज्यान गएको छ । यस अघि शुक्रबार पनि ४ सय २० जनाको मृत्यु भएको थियो ।
आज आइतबार विहान सम्म मेक्सिकोमा ६२ हजार ५ सय २७ जना सङ्क्रमित भएका छन् । मेक्सिकोमा एकै दिन थप २ हजार ९ सय ६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ६ हजार ९ सय ६० पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५३ लाख पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४३ हजार ६०८ पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस