काठमाण्डौँ उपत्यकामा आज पनि थपियाे कोरोना
काठमाण्डौँ उपत्यकामा आज पनि कोरोना भाइरसको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा विकास देवकाेटाले आज थप गरिएको १९ जना कोरोना भाइरस संक्रमित मध्ये एकजना काठमाण्डौँका भएकाे पुष्टी गरेका हुन ।
नयाँ पुष्टी हुनेमा काठमाण्डौँ साेर्ह्रखुट्टेका ६९ बर्षीय पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ । आज देखिएका संक्रमितहरुमा मोरङका १ जना, बाराका २ जना, पर्साका २, रौतहटका १ जना, र्सलाहिका १ जना, रूपन्देहिका ६ जना, काठमाण्डौका १ जना,नुवाकोटका १ जना, कपिलबस्तुका ३ जना र गुल्मीका १ जना रहेका छन् । संक्रमित हुनेमा पुरूष ५२४ र ७९ महिला रहेका छन् ।
उपत्यकामा मात्रै हाल सम्म १७ जनामा कोरोना संक्रमण देखिसकेको छ । यस अघि काठमाण्डौँका ३५ बर्षीय पुरुषमा यस भाइरसकाे संक्रमण देखिएकाे थियाे ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस