• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा विश्वमा कहाँ के के भए? हेर्नुहोस् जेठ १२ गते (तालिका सहित)


    जेठ १२ गते ,सोमबार।
    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५४ लाख पुगेको छ । सोमबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ५४ लाख ९७ हजार ८५७ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ९३ हजार ५२४ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ९५ हजार ५ सय ७४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप २ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा आइतबार ६ सय ३ जनाको ज्यान गएको छ । आज सोमबार विहान सम्म अमेरिकामा १६ लाख ८५ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप १८ हजार ६ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९९ हजार २ सय ८६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा आइतबार १ सय १८ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ५९ हजार ५५९ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३६ हजार ७ सय ९३ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आइतबार ७ सय ३ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म ब्राजिलमा ३ लाख ४७ हजार ३९८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १६ हजार २ सय २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २२ हजार ७ सय १६ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या आइतबार ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ३ सय ६७ पुगेको छ । आज विहान सम्म १ लाख ८२ हजार ५ सय ८४ कुल सङ्क्रमित भएका छन्।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा आइतबार थप ७४ जनाको मृत्यु भएको छ । यस्तै थप ४ सय ४२ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ५२ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय ५२ पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा आइतबार एकै दिनमा थप ४३ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार २ सय ८० पुगेको छ । यस्तै संक्रमितको संख्या ५७ हजार नाघेको छ । आज २ सय ८२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५७ हजार ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा आइतबार थप ५० जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३२ हजार ७ सय ८५ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २९ हजार ८ सय ५८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ५ सय ३१ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा आइतबार एकै दिनमा थप ५८ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ४१७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ । आज २ हजार १ सय ८० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ३५ हजार ७ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा
    नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ ।

    आज देखिएका संक्रमितहरुमा मोरङका १ जना, बाराका २ जना, पर्साका २, रौतहटका १ जना, र्सलाहिका १ जना, रूपन्देहिका ६ जना, काठमाण्डौका १ जना,नुवाकोटका १ जना, कपिलबस्तुका ३ जना र गुल्मीका १ जना रहेका छन् । संक्रमित हुनेमा पुरूष ५२४ र ७९ महिला रहेका छन् ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो आइतबार जर्मनीमा ५ , पेरूमा ८३ जना,क्यानडामा ६९ जना, नेदरल्याण्डमा २३, मेक्सिकोमा १ सय ९० र भारतमा १५६ जना, र रसियामा १५३ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस