• जीवनशैली | Jiwanshaili
  • कोरोनाले लियो आइतबार ब्राजिलमा सबै भन्दा धेरैको ज्यान


    जेठ १२ गते ,सोमबार।
    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आइतबार विश्वकै सबै भन्दा धेरैको ज्यान गएको छ । आइतबार ७ सय ३ जनाको ज्यान गएको छ । यसै गरी अमेरिकामा ६ सय १७ जनाको मृत्यु भएको छ ।आज आइतबार विहान सम्म ब्राजिलमा ३ लाख ४७ हजार ३९८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १६ हजार २ सय २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २२ हजार ७ सय १६ पुगेको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५४ लाख पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ९३ हजार ५२४ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस