अमेरिकामा मृत्युदर घट्यो, आइतबार ६ सय १७ ले ज्यान गुमाए
जेठ १२ गते ,सोमबार।
कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा हिजोको तुलनामा सोमबार मर्नेको संख्यामा कमी आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा आइतबार ६ सय १७ जनाको ज्यान गएको छ । आज सोमबार विहान सम्म अमेरिकामा १६ लाख ८६ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप १९ हजार ६ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९९ हजार ३ सय पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५४ लाख पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ९३ हजार ५२४ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस