कोरोना दैनिक अपडेटः विश्वमा बिहिबार कहाँ के के भए ? हेर्नुहोस् जेठ १६ गते(तालिका सहित)
जेठ १६ गते,शुक्रबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५९ लाख पुगेको छ । बुधबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ५९ लाख ५२७ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ६१ हजार ७२४ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख १५ हजार ९ सय २४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बुधबार १ हजार २ सय १३ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १७ लाख ६८ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २१ हजार ११३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख ३ हजार २२० पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बिहिबार ३ सय ७७ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ६९ हजार १२७ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३७ हजार ८३७ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बिहिबार १ हजार ६७ जनाको ज्यान गएको छ । आज शुक्रबार विहान सम्म ब्राजिलमा ४ लाख ३८ हजार ८१२ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप २४ हजार १ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २६ हजार ७ सय ६४ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या बिहिबार ६६ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ६ सय ६२ पुगेको छ । आज विहान सम्म १ लाख ८६ हजार २ सय ३८ कुल सङ्क्रमित भएका छन्।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बिहीबार एकै दिनमा थप २४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८८ पुगेको छ । यस्तै संक्रमितको संख्या ५७ हजार नाघेको छ । आज २ सय ५७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५७ हजार ८४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहिबार थप ७० जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार १ सय ४२ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३१ हजार ७ सय ३२ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ५ सय ९३ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा बिहीबार एकै दिनमा थप ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ६२७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ । आज २ हजार २५८ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ४३ हजार ८ सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप १५६ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का १०४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ९४० पुरुष र १०२ महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ५१ जिल्लामा देखिएको छ । आज थप ४ जना उपचारपछि निको भएका छन् । यो संगै नेपालमा १८७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा १४४ जना पुरुष र ४३ जना महिला रहेकाछन् ।
नेपालमा हाल सम्म ६० हजार ६ सय ९६ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र २ हजार ४ सय १९ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने १ लाख २ सय ३४ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र १ हजार २ हजार ३४ जनामा आरडीटी जाँच गरिएको छ ।
हालसम्म देशभर ८६ हजार ५७ जना क्वारेनटाइनमा रहेकाछन् ।
यसै गरी कोरोना भाइरसका कारण हिजो बिहिबार जर्मनीमा ३७ , पेरूमा ११६ जना,क्यानडामा ११० जना, मेक्सिकोमा ४ सय ६३ र भारतमा १७७ जना र रसियामा १७४ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस