• जीवनशैली | Jiwanshaili
  • कोरोना दैनिक अपडेटः विश्वमा शुक्रबार कहाँ के के भए ? हेर्नुहोस् जेठ १७ गते(तालिका सहित)


    जेठ १७ गते,शनिबार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६० लाख पुगेको छ । शनिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६० लाख २६ हजार ९१ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ६६हजार ४१५ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २५ हजार १ सय ८४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रबार १ हजार २ सय ९ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १७ लाख ९३ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २४ हजार ८०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ४ हजारपुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख ४ हजार ५३९ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार ३ सय २४ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ७१ हजार २२२ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३८ हजार १६१ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रबार १ हजार १ सय ८० जनाको ज्यान गएको छ । आज शनिबार विहान सम्म ब्राजिलमा ४ लाख ८८ हजार ३३८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप २९ हजार ५ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २७ हजार ९ सय ४४ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार ५२ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ७ सय १४ पुगेको छ । आज विहान सम्म १ लाख ८६ हजार ८ सय ३५ कुल सङ्क्रमित भएका छन्।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा शुक्रबार एकै दिनमा थप ४२ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ । यस्तै संक्रमितको संख्या ५८ हजार नाघेको छ । आज २ सय १२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५८ हजार ६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शुक्रबार थप ८७ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार २ सय २९ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३२ हजार २ सय ४८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ५ सय १६ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ५० जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ६७७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ४६ हजार नाघेको छ । आज २ हजार ८१९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ४६ हजार ६ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप १७० जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का १२१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ११०३ पुरुष र १०९ महिला रहेका छन् । आज थप १ संक्रमितको मृत्यु भएको छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ६ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ५२ जिल्लामा देखिएको छ । यो संगै नेपालमा २०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा १६२ जना पुरुष र ४४ जना महिला रहेकाछन् ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो बिहिबार जर्मनीमा २४ , पेरूमा १३१ जना,क्यानडामा १०२ जना, मेक्सिकोमा ४ सय४७ र भारतमा २६९ जना र रसियामा २३२ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस