कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए ? हेर्नुहोस् जेठ १८गते (तालिका सहित)

जेठ १८ गते,आईतबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६१ लाख पुगेको छ । आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६१ लाख ४९ हजार ७५९ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ७० हजार ४९७ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २३ हजार ३ सय ७९ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शनिबार १ हजार ६ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १८ लाख १६ हजार १ सय २२ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २२ हजार ५९२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख ५ हजार ५४८पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शनिबार २ सय १५ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ७२ हजार ८२६ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३८ हजार १६१ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शनिबार ८ सय ९० जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ३० हजार १ सय २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २८ हजार ८ सय ३४ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शनिबार ५७ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ७ सय ७१ पुगेको छ । आज विहान सम्म १ लाख ८८ हजार ६ सय २५ कुल सङ्क्रमित भएका छन्।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिनमा थप २३ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ४ सय ५३ पुगेको छ । यस्तै संक्रमितको संख्या ५८ हजार नाघेको छ । आज १ सय २५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५८ हजार १८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शनिबार थप
१११ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार ३ सय ४० पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३२ हजार ६ सय ६४ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ४ सय १६ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा शनिबार एकै दिनमा थप ५७ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ७४३ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ४८ हजार नाघेको छ । आज २ हजार २८२ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ४८ हजार ९ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
नेपालमा शनिबार थप १८९ जनामा कोरोना भाइरस ९कोभिडङ–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । संक्रमित मध्ये १ हजार २ सय ८८ पुरूष र १ सय १३ जना महिला रहेका छन् । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन् । हाल सम्म नेपालमा ६६ हजार ७ सय २९ जनामा पिसीआर जाँच गरिएको छ ।
यसै गरी कोरोना भाइरसका कारण हिजो शनिबार पेरूमा १४१ जना,क्यानडामा ९४ जना, मेक्सिकोमा ३ सय ७१ र भारतमा २०५ जना र रसियामा १८१ जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस