नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण
नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दिन दुई गुणा रात चौ गणाले बढिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या नेपालमा पनि पछिल्लो हप्ता ह्वात्तै बढेको छ । यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो।
बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो ।
नेपालमा जनवरी २३ मा चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि मार्च २३ मा फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस